अमेरिकामा अज्ञात व्यक्तिले फूड कोर्टमा गोली चलाँउदा ३ जनाको मृत्यु

२ साउन, एजेन्सी ।
अमेरिकाको इन्डियाना राज्यस्थित एक मलमा राइफल बोकेका अज्ञात व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै थप २ जना घाइते भएका छन्।आइतबार साँझ ग्रीनवुड पार्क मलमा राइफल र म्यागजिनहरू लिएर प्रवेश गरेका करिब २२ वर्षका ती व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा घटना भएको ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले जानकारी दिएका छन्।समाचार संस्था एपीका अनुसार गोली लागेका मध्ये चार जना महिला र एक जना पुरूष रहेको ग्रीनवुड पुलिस विभागका प्रमुख जिम इसनले बताएका छन्।घाइते दुईमध्ये एक १२ वर्षीया बालिका रहेको र दुवैको अवस्था स्थिर रहेको उनले जानकारी दिए।प्रहरीले फूड कोर्ट नजिकैको बाथरूमबाट एक शंकास्पद झोला बरामद गरेको छ।आक्रमणबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top