Nepal Times
Nepal Times
3
Shares

विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

३ साउन विराटनगर ।
विराटनगरस्थित ‘बिग होटल’ अब ‘चार तारे’ हैसियतमा उक्लेको छ।सरकारले ‘फोर स्टार’ होटलका रुपमा सञ्चालन अनुमति दिएपछि बिग होटलले क्यासिनो पनि सञ्चालनको तयारी गरेको छ।यो होटल विराटनगरको रोडशेष क्षेत्रमा पाँच वर्षअघि सुरू भएको थियो। चार तारे होटलको उद्घाटन विराटनगर महानगर प्रमुख नागेश कोइराला र होटलका अध्यक्ष वीरेन्द्र न्यौपानेले संयुक्त रुपमा गरेका छन्।चार तारे होटल भएसँगै बिगले ‘क्यासिनो’ सञ्चालन गर्ने अनुमति पनि पाएको र चाँडै सञ्चालनमा ल्याउने होटलले जनाएको छ।बिग होटलमा स्वीमिङ पुल, स्पा, हेल्थ क्लब पनि छ। होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लब निःशुल्क रहेको होटल सञ्चालक भरत खत्रीले बताए।

‘सरकारले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेपछि अहिले बिग होटलले चार तारा लिन सफल भएका छौं,’ उनले भने, ‘होटलमा अहिले सम्पूर्ण प्रकारको सुविधाहरू रहेको छ।’बिग होटल २०७५ साल वैशाखमा थ्रीस्टार होटलको रूपमा सञ्चालनमा आएको थियो।६ तले होटलमा सुविधासम्पन्न ५३ वटा कोठा छन्। ८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५०० देखि ७०० जना अट्ने सभा हल पनि छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.