Nepal Times
Nepal Times
27
Shares

कालिकोटमा स्टेचरमा नै नवजात शिशुको जन्मिएपछी….

कालिकोटमा स्टेचरमा नै नवजात शिशुको जन्मिएपछी….

३ साउन, कालिकोट ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो। एक हप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ’, स्थानीय रामबहादुर बटालाले गुनासो गरे।उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकी हुन्। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए।‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ। करार कर्मचारी हटाइएको छ’, उनले भने, ‘यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो।’ उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको उनको भनाइ छ। ‘अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ’, उनले भने, ‘ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ।’

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.