अपमानित र निरीह भएर पार्टीभित्र बस्न नसके पछी राप्रपाका चार नेताले छाडे पार्टी

२ साउन ७९, मंगलबार

३ साउन ,काठमाण्डौ ।

 

Advertisement

राप्रपाका चार नेताले पार्टी छाडेका छन्।दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्।उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन्।आज प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका छन्।उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन्।हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले उनीहरूलाई स्पष्टीकरण लिएको थियो।गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। पार्टी हितविपरीत गतिविधि गरेको आरोप राप्रपाको थियो।दिलनाथसहितले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top