Nepal Times
Nepal Times
495
Shares

एसईई को रिजल्ट अबको एक साताभित्र आउने

एसईई को रिजल्ट अबको एक साताभित्र आउने

४ साउन,काठमाण्डौ ।

माध्यमिक शिक्षा परीक्षा एसईई को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए।उनले भने, ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ, परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.