वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक यूवक पक्राउ

४ साउन ,पर्सा ।

पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।भारत विहार पूर्वी चपारण थाना रक्सौल ११ घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।बिहान ८ बजे आएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो।वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकमा रक्सौलबाट वीरगन्ज आउँदै गरेको मोटरसाइकललाई प्रहरीले चेक गरेको थियो।त्यसक्रममा चालक राकेशले मोटरसाइकलको सिटमुनी र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ लुकाइराखेको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।उनलाई प्रहरीले पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top