५ साउन, काठमाण्डौ ।
गत २४ घण्टमा ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा ४ सय ३५ जनालाई संक्रमण भएको हो ।५६ जना भने निको भएर घर फर्किएका छन् । संक्रमणदर १२.१ प्रतिशत पुगेको छ । हाल नेपालमा ओम्रिकोन भेरियन्टको उपप्रजातिहरू फैलिएको छ ।नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो ।यो भेरियन्ट सबैभन्दा छिटो सर्ने विज्ञहरूले बताएका छन् ।