घोराहीमा मेहेन्दी लगाउने बाहानामा साथीलाई घर बोलाई जबरजस्ती विवाह गराइदिन खोजेपछी………

५ साउन ७९, शुक्रबार

६ साउन । काठमाण्डौ ।

साउन लागेसँगै नेपाली समाजमा पनि मेहेन्दी लगाउने प्रचलन दिनदिनै बढ्दो छ। यही बीचमा साउन २ गते घोराही उपमहानगरपालिका १० की २२ वर्षीया रोशनी लामिछानेले स्थानीय एक साथीलाई मेहेन्दी लगाउन भनेर घरमा बोलाइन्।साथीले बोलाएपछि ती युवती रोशनीको घर पुगिन्। उनीहरूले आपसमा मेहेन्दी लगाए। रमाइलो गरे। कुरा यतिमै सिमीत रहेन।रोशनीकी आमा ४० वर्षीया सीता केसी लामिछानेले बा ६ च ४७७६ नम्बरको एउटा स्कार्पियो बोलाएकी थिइन्। तुलसीपुर उपमहानगरपालिका(७ का २८ वर्षीय शिशिर बादी गाडी लिएर आएका थिए। एकाएक बलजफ्ती ती किशोरीलाई गाडी भित्र राखियो। बीचमा ती किशोरीलाई राखेर वरिपरी आमा छोरी बसे। उनले गाडीको ढोका खोल्न खोज्दा पनि उनका हात समातियो। ढोका खोल्न दिइएन। दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार ती युवतीलाई आमा छोरी मिलेर तुलसीपुर– ७ गणेशपार्क नजिकै बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा पुर्‍याउन चाहन्थे। उनीहरूले ती युवती र प्रकाशबीच बिहे गराउन चाहन्थे। नाताले प्रकाश सिताका भजिता हुन्।

बलजफती केटाको घर पुर्‍याउन खोजेपछि बीच बाटोबाटै जसोतसो ती युवतीले आफ्नो बुवालाई म्यासेज पठाइन्। उनका बुवाले प्रहरीसँग सहयोग मागे। इलाकाप्रहरी कार्यालय तुलसीपुरलाई खबर भयो। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती युवतीलाई तत्काल उद्धार गर्‍यो।स्रोतका अनुसार प्रकाश वली र ती युवतीबीच सामान्य चिनजान थियो। त्यही भएर करबल गरि लामिछानेका आमाछोरी युवतीलाई केटाकै घर पुर्‍याएर जबरजस्ती विवाह गराइदिन चाहन्थे। युवतीले त्यसको प्रतिवाद गरिन्। जवरजस्ती युवतीलाई उठाएर केटाको घरमा पुर्‍याउन खोजेको आरोपमा प्रहरीले चालकसहित तीनै जनालाई साउन २ गते नै नियन्त्रणमा लियो। पीडित युवतीको तर्फबाट बुवा प्रहरी कार्यालयमा पुगे। छोरीको सल्लाहमा उनले तीन जनाविरूद्ध अपहरण, जवरजस्ती ओसारपसार तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रकाशलाई भने केटी पक्षले मुद्दा दायर गरेको छैन।पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत दाङले पाँच दिन थुनामा राख्न आदेश दिएको छ। यो बीचमा पक्राउ परेकालाई अदालत उपस्थित गराइ बयान लिने क्रम जारी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top