सनातन हिन्दुराष्ट्र पहिचानको माग राख्दै सडकमै ओर्लियो राप्रपा

५ साउन ७९, शुक्रबार

६ साउन, काठमाडौं ।

Advertisement

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको छ । प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरुको समेत सहभागिता छ ।राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रीत भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top