६ साउन ,काठमाण्डौ ।
नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभामा जारी छलफलमा तामाङले वैवाहिक अंगीकृत नागरिकताको विषयमा विधेयकमा महिला र पुरुषलाई छुट्टै व्यवहार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘विहे गर्ने पुरुषले मात्र हो रु महिलाले विहे गर्दैनन् र ?? पुरुषले विहे गरेर ल्यायो भने अहिल्यै दिनुपर्यो र महिला नागरिक हैनन् ?? समानतको हकलाई कुल्चन मिल्दैन,’ तामाङले भने, ‘परिवार पुरुषले मात्र बसाल्छ रु महिलाले बसाल्दैनन् रु त्यसैले नागरिकतामा समान हक हुनुपर्छ ।’
विधेयकमा संविधानको मर्म र भावनालाई नसमेटिएको उनको भनाइ थियो । ब्रिटिस गोरखाहरूले नागरिकता पाएको विषयलाई नेपालको सन्दर्भमा दाँज्न नमिल्ने तामाङले तर्क गरे ।
तामाङले आमाको पवित्रतामाथि प्रश्न उठाउनु गलत भएको बताए । ‘आमाको पवित्रतामाथि किन प्रश्न । आमा त सत्य हो नि । बुबा त आमाले भनेपछि न विश्वास हुने हो,’ उनले भने, ‘कुनै किन्तु परन्तु जोड्नैपर्छ र रु हामी आमाका सन्तान यो बैठकमा बसेर च्यालेन् जगर्न मिल्दैन ।’