कांग्रेसलाई एक्ल्याएर कम्युनिस्ट एकता गर्ने षड्यन्त्र भइरहेको रामचन्द्र पौडेलको आरोप

५ साउन ७९, शुक्रबार

६ साउन, काठमाण्डौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरू एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।‘नेपाली कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोसिसहरू भइरहेका छन्,’ पौडेलले भने, ‘यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोसिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

शुक्रबार हेटौँडामा आयोजित नेपाल प्रेस युनियनको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकताबद्ध भइ नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।‘गठबन्धन आजको आवश्यक्ता हो, किनभने आज नेपाललाई स्थिरता चाहिएको छ । सुशासन चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । विकास चाहिएको छ । अस्थिरताबाट नेपाललाई मुत्तः गराउनुछ,’ पौडेलले भने, ‘कम्युनिस्टहरूले देश चलाउन सकेनन् । त्यसकारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यकता छ ।’

Advertisement

गठबन्धन आजको आवश्यक्ता भए पनि आगामी चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको पौडेलको दाबी थियो । नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top