Nepal Times
Nepal Times
3
Shares

अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन

अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन

९ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उनले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।

गएरातिको अमर विष्टको घर पहिरोले पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ वीरेन्द्र र भतिज १५ वर्षका संविधान विष्टको ज्यान गएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताएका हुन् ।

घाइते भएकी ६५ वर्षकी नैना विष्टको भने उद्धार गरिएको छ । उनको उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.