चीनको वुहानमा कोरोनाका कारण फेरि लकडाउन

१२ साउन, एजेन्सी । कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ ।

वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ ।

सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिन्छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् ।

Advertisement

लगातारजसो भइरहने प्रतिबन्धका कारण जनजीवन प्रभावित बन्दै आएको छ । वुहानको जनसङ्ख्या १ करोड २० लाख छ ।

सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेका थिए । अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् ।

Advertisement

६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियामा पनि एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

मलेसियामा पनि कोरोनाका बिरामी बढेका छन् । मलेसियाको पछिल्लो विवरण अनुसार विभिन्न भागमा गरी चार हजार सात सय नयाँ बिरामी थपिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top