Nepal Times
Nepal Times
3
Shares

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

१३ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ ।

यो प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोलीको सहभागिता रहनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो ।

सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरु हुनेछ । दशौँ संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.