२ करोड ५० लाख बिमा हत्याउन ६ जना मिली नक्कली विवाह अनि हत्या

१२ साउन ७९, शुक्रबार

१३ साउन,काठमाण्डौ ।
मानिसले पैसाका लागि कुन हदसम्मको अपराध गर्छ भन्ने उदाहरण पछिल्लो एक घटनाले उजागर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को अनुसन्धानले योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई पक्राउ गरेपछि पैसाका लागि गरिएको योजनाबद्ध अपराधको रहस्य खुलेको हो ।

बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को अनुसन्धानबाट खुलेको छ । २०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो । टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

टिपरमा बालुवा लोडको काम सकी सर्जन राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनायो । मोटरसाइकलधनी सरदार अहमद खाँ (जो बिमा अभिकर्ता पनि थिए) उनलाई भने अदालतले सफाइ दिएको थियो । सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो ।

Advertisement

मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो ।

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । मृतक सर्जन र सपना श्रीमान्–श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

Advertisement

यस घटनामा सपनासहित स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटासमेतको संलग्नता देखिएको छ । सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए ।

श्रीमान् –श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीर र सपनाबीच भने पटक–पटक भेट भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ । त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top