तत्काल समाजवादी केन्द्र नबन्ने प्रचण्डले गरे दाबी

१३ साउन ७९, शुक्रबार
Share this
728shares

१३ साउन, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’चुनावी मोर्चा बनाउने र पर्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्रमा जान सकिन्छ कि भनेर आफूहरुबीच छलफल भने भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top