लक्ष्य प्राप्तिका लागि संघर्षरत “खालि खुट्टा “प्रेरणाको स्रोत

१३ साउन ७९, शनिबार

१४ विराटनगर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताएका हुन् । टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत चैत ९ गते विमोचन गरेका थिए ।

राजधानी बाहिरबाट पहिलो पटक प्याब्सन केन्द्रीय अध्यक्ष बनेका पुरीको पुस्तकको बिमोचन प्याब्सनको १५ औं महाधिवेशनको अवसरमा गरिएको थियो । हिजो विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्ने बक्ताहरुले पुरीको संघर्षले युवाहरुलाई लक्ष्य प्राप्तीका लागि संघर्ष र मेहनेत गर्न गर्न प्रेरित गर्ने विश्वास ब्यक्त गरेका छन् ।
‘यो किताबले सबैलाई प्रेरित गर्छ, सकारात्मक सोचका साथ अघि बढ्नका लागि प्रेरित गर्छ, आशा जगाउनका लागि प्रेरित गर्छ,’ प्राज्ञ खेम नेपालीले भने,‘ उनले आँखा खुला राखेर सपना देख्छु भन्नु भएको छ, आज त्यो सपनाको पछाडि हिडेर सफल हुनु भएको छ, यो सफलताले संघर्ष गर्न सिकाउछ ।’
पुस्तकले जीवनको यथार्थ चित्रण गरेको उहाँले बताउनुभयो । पुस्तकभित्र विद्यालयमा छडी निषेध गरेकोदेखि नेपाली भाषामाथि भइरहेको प्रहारका विषय समेटिएको भन्दै नेपालीले भने ,‘थोरै थोरै खाएर धेरै बाच्ने कि धेरै खाएर थोरै बाच्ने भनेर मदिराको सकारात्मक र नकारात्मक विषयलाई पनि उल्लेख गर्नु भएको छ ।’पुस्तकमा आफ्ना कमजोरी पनि लेखिएका कारण नयाँ पुस्तालाई लक्ष्य प्राप्तीका लागि संघर्ष गर्न प्रेरित गर्ने उनको बुझाई छ ।

Advertisement

विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताए । पुस्तकमा अत्यन्तै पारदर्शी भएर पुरी प्रस्तुत भएको उल्लेख गर्दै उनले भने ,‘संघर्षका विषय लेख्दा पाठकलाई ढाट्नु भएको छैन, यो नै सर्वाधिक शक्तिशाली पक्ष हो ।’‘ एभरेष्ट संघर्षको टाकुरो शीर्षक पुस्तकको सर्वाधिक महत्वपूर्ण परिच्छेद हो,’ उनले भने ,‘हिजो जागिर खोज्दा नपाएपछि खुलेको विद्यालयले नेपालमा मात्र होइन बाहिर पनि चर्चित हुन पुगेको छ ।’
पुस्तकले धेरै विषय समेटेको भन्दै उनले लक्ष्य प्राप्तीका लागि संघर्ष गर्नेलाई ‘खाली खुट्टा’बाट धेरै प्रेरणा मिल्ने बताए । केही कमजोरी रहेपनि समग्रमा पुस्तक राम्रो बनेको भन्दै उनले यो पढ्दा धेरै प्रेरणा लिन सकिने बताए ।

 

साहित्यकार रामबाबु दाहालले चार वर्षमा पितृ वियोगबाट सुरु भएको दुःखदेखि सफलताको समयसम्मको विषय समेटिएको छ उल्लेख गर्दै पुस्तक पढ्दा पाठकलाई प्रेरणा दिने बताए । उनले भने,‘खालिखुट्टाले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै पाठकलाई हिम्मत प्रदान गर्ने बताए । साहित्यकार ताराबहादुर बुढाथोकीले पुस्तकमा समेटिएका विषयले सबै समूहलाई प्रेरणा मिल्ने बताए । पुस्तकले संघर्ष गर्न सिकाउने उनको भनाई छ ।

पुस्तक परिचर्चा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले पुस्तकले समाजलाई निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश प्रवाह गरेको बताए । व्यावसायीक साझेदारसमेत रहेका नेता ढकालले राजनीतिक अभियानमा सँगसँगै लागेदेखि विद्यालय सञ्चालनसँग जोडिएर ३६–३७ वर्षदेखि सँगै रहेको बताउँदै किताबले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ को सारलाई सफल बनाउन सकिन्छ भन्ने सन्देश दिने बताए ।


पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकको मुख्य उदेश्य संघर्ष गरे सफल हुन सकिन्छ भन्ने रहेको बताए । लेखक टिकाराम पुरीले संघर्ष गर्नेहरुका लागि आफ्नो संघर्षको कथाले अघि बढ्नका लागि मद्दत पुग्ने विश्वास ब्यक्त गरे । आफ्नो भोगाईसँगै राजनीतिक विषय पनि पुस्तकमा समावेश गरेको उनले बताए । ‘हामी जुन राजनीतिक संस्कारबाट अघि बढिरहेका छौं सधैभरी यसैले नेपालको विकास हुन सक्दैन,’ उनले भने ,‘अहिलेको राजनीतिक संस्कारले नेपाल अगाडि बढ्न सक्दैन, पुस्तकमा मैले राजनीतिक संस्कारमा सुधार गरौं भनेको छु ।’ ‘लेखनमा ढाँट्दा अपूर्ण हुने भएकाले नै आफूले भोगेका कुराहरु लेख्ने प्रयत्न गरेको गरेको भन्दै किताब सत्य बिषयलाई मात्र समेटिएको पुरीले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top