×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खिर खाएर साउन १५ मनाइँदै ,खिर खाने प्रचलन कसरी सुरु भयो ?

१५ श्रावण २०७९

१५ साउन,विराटनगर ।
आज साउन १५ गते खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । विशेषगरी नेपालमा धान रोपाइँ कार्य असारसम्ममा सम्पन्न गरिन्छ ।

खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउनमा खिर खाने गरेको पाइन्छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले पनि खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृतमा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ ।

Advertisement

यस्तै साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यस्तै साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरुले उल्लेख गरेका छन् ।

यस्तै विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

नेपालमा ०७७ साल फागुन १५ गते बसेको राष्ट्रिय दुग्ध विकासबोर्डको कार्यकारी समितिको बैठकले यस दिनलाई खिर दिवसका रूपमा मनाउन निर्णय गरेको थियो ।दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ (३१.६९ प्रतिशत) रहेको बोर्डले जनाएको छ ।

नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top