भारतसँग नेपाल पराजित, खेलाडी र एन्फालाई दोष नदिन प्रशिक्षक केसीको आग्रह

१५ साउन ७९, सोमबार

१६ साउन, काठमाडौँ । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् ।

यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् ।

भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।

Advertisement

‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’

उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने उल्लेख गरेका छन् । उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।

Advertisement

सुरुको दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना पनि कठिन बनेको छ ।

नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत माल्दिभ्ससँग हार्नुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top