Nepal Times
Nepal Times
108
Shares

रुपन्देहीबाट स्रोत नखुलेको साढे १२ लाखसहित एक भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट स्रोत नखुलेको साढे १२ लाखसहित एक भारतीय नागरिक पक्राउ

१६ साउन, काठमाडौं ।

रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।

साहुको साथबाट एक हजार दरका ११ लाख, ५०० दरका एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।साहुलाई बरामद रकम र मोटरसाइकलसहित भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.