१६ साउन,एजेन्सी ।
आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डले कीर्तिमान ८७ हजार १ सय ९२ दर्शक अगाडि नयाँ फुटबल इतिहास रच्न सफल रह्यो ।
पुरुष फुटबल टिमले विश्व जितेको ५६ वर्षपछि इंग्ल्यान्डको महिला टिमले यो उपलब्धि चुमेको हो । चोल केलीले १ सय १० औं मिनेटमा इंग्ल्यान्डका लागि निर्णायक गोल गरिन् । यसअघि एला टुनले ६२ औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । तर जर्मनीका लागि लिना म्यागुलले ७९ औं मिनेटमा बराबरी गोल फर्काइन् ।
रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन् । केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाईन् । यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।
सन् १९५६ मा वेम्बलीमै भएको विश्वकप फाइनलमा इंग्ल्यान्डले ात्कालीन पश्चिम जर्मनीलाई हराएर विजेता बनेको थियो । त्यसयता युरो २०२२ इंग्लिस फुटबलको यो सबैभन्दा ठूलो उपलब्धि रहेको छ ।