Nepal Times
Nepal Times
3
Shares

रुसमा पक्राउ परेकी अमेरिकी खेलाडीको रिहाइका लागि अमेरिकाद्वारा लेनदेनको प्रस्ताव

रुसमा पक्राउ परेकी अमेरिकी खेलाडीको रिहाइका लागि अमेरिकाद्वारा लेनदेनको प्रस्ताव

२० साउन, एजेन्सी । रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ ।

दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागुपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले प्रस्ताव गरेको बताएका तर थप नखुलाएको बीबीसीले जनाएको छ ।

अमेरिकाले पक्राउ गरेका एक रुसी हतियार तस्करसँग ग्राइनरको साटफेर गर्न सक्नेगरी प्रस्ताव गरिएको हुनसक्ने अनुमान छ ।

३१ वर्षकी ग्राइनरले आफूले इमानदार गल्ती गरेको र कानुन उल्लङ्घन गर्ने नियत नभएको अदालतमा बताएकी थिइन् ।

विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्राइनर गएको फेब्रुअरीमा मस्को विमानस्थल नजिकबाट गाँजाको तेल भरिएको विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन् । उनी पक्राउ परेलगत्तै रुसले युक्रेनमा आक्रमण गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.