Nepal Times
Nepal Times
3
Shares

सामाजिक सेवामा सधैं अगाडि राउन्ड टेबल नेपालले मनायो RTN day

सामाजिक सेवामा सधैं अगाडि राउन्ड टेबल नेपालले मनायो RTN day

२० साउन,विराटनगर ।

स्थापनाकालदेखि नै सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले राउन्ड टेबल नेपालको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आरटीएन डे सेलिब्रेसन अन्र्तगत विराटनगर सेन्ट्रल राउन्ड टेबल १५को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

विराटनगर स्थित सप्तकोशी सिमेन्टको कार्यालय परिसरमा ४६ र सुनसरीको बर्जुस्थित सेन्चुरी प्लाई उद्योग परिसरमा ३५ पिन्ट गरी ८१ पिन्ट रगत संकलन भएको विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ का सदस्य सुमितकुमार अग्रवालले बताए । रक्तदान कार्यक्रमका लागि सप्तकोशी सिमेन्ट र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा दुवै उद्योगमा कार्यरत मजदुर, कर्मचारी तथा राउन्ड टेबलका सदस्यहरुले रक्तदान गरेका थिए ।

नेपालमा राउन्ट टेबल नेपालको स्थापना भएको दिनको सम्झनामा रक्तदान कार्यक्रको आयोजना गरिएको विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ का सदस्य अग्रवालले जानकारी दिए ।
सुमितकुमार अग्रवाल
सदस्य, विराटनगर सेन्ट्रल राउन्ड टेबल १५
अग्रवालले रगतको अभावमा छट्पटाईरहेकाहरुका लागि संकलित रगतले नयाँ जीवनको काम गर्ने बताए । आरटीएन डे का अवसरमा राउण्ड टेबल नेपालले देशभर रक्तदान तथा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने गरेको अग्रवालले बताए । नेपालमा राउन्ड टेबल आजभन्दा ३२ वर्ष अघि स्थापना भएको थियो । राउन्ड टेबल नेपालले विपन्न बालिबालिकाको शिक्षा, विद्यालय पूर्वाधार निमार्ण लगायत सामाजिक सेवाका क्षेत्रमा कार्य गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.