चुनावमा ५ दल एक, भदौमा सिट बाड्ने / बाबुराम र वामदेव गठबन्धन बाहिरै

२० साउन, काठमाण्डौ ।

सरकारले आगामी मंसिर ४ गतेका लागि  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति  घोषणा गरेपछि बसेको सत्तारुढ पाँच दलको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक  निर्णय गरेको छ ।  सत्ता गठबन्धनका शीर्ष नेताबीच आज चुनावी तालमेल गरेर जाने सहमति भएको हो । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साता तालमेलको काम सम्पन्न गर्ने निर्णय गरेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

Advertisement

 यसका लागि सत्तारुढ पाँच दलले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल बनाउने भएका छन्।   पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन्। पाँच दलभित्रै पनि उपगठबन्धन बनाउन पाइने सहमति भएको छ। सिट बाँडफाड समितिमा प्रत्येक पार्टीबाट दुईदेखि तीनजना रहने छन् ।

उक्त समितिले दिएको प्रतिवेदनका आधारमा गठबन्धनले सिट बाँडफाँट गरेर चुनावी अभियानमा होमिने  छ।  पाँच दलबीच चुनावमा मिलेर जाने सहमति भएपछि जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराइने भएको छ ।  पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी गराउने च्याप्टर क्लोज भएको नेताहरुले बताएका छन् ।

Advertisement

बामदेव गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) दल दर्ता गर्दै कम्युनिस्टहरु एक गर्ने अभियानमा थिए। उनले तत्कालिन नेकपाका बहुमत सदस्यहरुसँग पटक पटक वार्ता गरेका थिए।  उता, जनता समाजवादी पार्टी छाडेका डा. भट्टराई पनि पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका थिए। चुनावी सहकार्यकै लागि उनले प्रचण्डसँग भेट समेत गरेका थिए। उनले समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेपनि प्रचण्डले अन्तिम समयमा आएर समाजवादी केन्द्र नबन्ने उद्घोष गरेका थिए ।

गएको स्थानीय तहको निर्वाचनमा पनि तालमेल गरेका पाँच दलले  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए । त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो। तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी रहेको छ ।    प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०÷४० को प्रस्ताव राख्ने तयारी गरेको छ ।

कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुले गरेका छन् । तर काग्रेसको बहुमत आउने गरी उसलाई जिताउन मात्रै तालमेल नगर्ने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताउदै आएका छन् ।

स्थानीय तहमा केन्द्रमा सहमतिभएपनि स्थानीय तहमा आफू अनुकुलका तालमेल भएका थिए । कतिपय स्थानीय तहमा एमालेसँग पनि गठबन्धनका दलहरुले तालमेल गरेका थिए । गठबन्धन भित्रपनि खास गरी जसपा र नेकपा एसले भने तालमेलबाट धोका भएको आरोप लगाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top