राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक,नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य शुरु

४ भदौ ७५, मंगलबार

काठमाडौँ,  भदौ ५
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन् । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृित नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

“खेलकूद मन्त्रालयको पत्र, गृहमन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ उहाँले श्रम स्विकृतिका लागि प्रक्रिया गर्नुपर्नेमा गर्नुभएन, नियमानुसार एक वर्षमा १५० दिन पर्यटन प्रवेशाज्ञामा उहाँ नेपाल बसिसक्नुभएको छ, २०१८ भर उहाँ नेपाल आउन मिल्दैन” निर्देशक गौतमले भने । विभागका अनुसार पर्यटन प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १५० दिनमात्र यहाँ बस्न पाउँछ । अखिल नेपाल फुटबल सङ्घ .एन्फा)का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानूनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य शुरु गरेको बताए ।

Advertisement

“कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरिरहेका छौँ, एक दुई दिनमा यसको किनारा लगाउछौँ” प्रवक्ता राईले भने । “प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पीयनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ, यसबारे छिट्टै टुङ्गोमा पुग्छौँ”–प्रवक्ता राईको भनाइ थियो ।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ । नेपालले यसै महिना बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

Advertisement

कोजीलाई अहिले सहायक प्रशिक्षक बालगोपाल महर्जनले सहयोग गर्दै आएका छन् । साफ च्याम्पियनसीको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको शुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top