×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

मेलम्ची र सप्तकोशी तटीय क्षेत्र जोखिममा ,आज पनि यि स्थानमा ठूलो वर्षा

२१ श्रावण २०७९

२१ साउन,काठमाण्डौ ।
आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेको छ । यस्तै, तमोर, सुनकोशी र अरूण नदीमा पनि जलसतह बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, उदयपुरतर्फ थप कटान हुन सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूलाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । केहीदिन अघि कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा प्रवेश गरेको छ । बाढीका कारण सयौं मानिस विस्थापित भएका छन् । यस्तै पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ, दार्चुला र आसपास भइ बग्ने केही साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।

Advertisement
Advertisement

यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तल छ । भोलि कोसीको जलसतह केही बढ्ने अनुमान छ । उता सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाका मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक बन्द भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय (मेलम्ची) ले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेको प्रहरीले बताएको छ ।

आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top