Nepal Times
Nepal Times
3
Shares

सडक पिच गर्न माग गर्दै स्थानीयले गरे नख्खुबाट भैंसेपाटी जाने बाटो अवरूद्ध

सडक पिच गर्न माग गर्दै स्थानीयले गरे नख्खुबाट भैंसेपाटी जाने बाटो अवरूद्ध

२१ साउन,काठमाण्डौ ।

सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो ‍स्थानीयले अवरूद्ध गरेका छन्।शनिबार बिहान ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जानेबाटो पिच गर्न भन्दै सडक अवरूद्ध गरेका हुन्।वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए।उनीहरूले अवरूद्ध गरेको सडक अहिले खुलिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।स्थानीयले बिहान ९ बजेदेखि ११ बजेसम्मको लागि सडक अवरूद्ध गरेका थिए।

पिच नभएसम्म विरोध प्रदर्शन जारी नै राख्ने स्थानीयले बताएका छन्।स्थानीय राजन थापाका अनुसार सडक आर्थिक वर्ष २०७७र०७८ को असार मसान्त सम्म बनिसक्नुपर्ने थियो। तर सरोकारवालाहरूले सडक निर्माण समयमै नगरेको हुँदा अवरूद्ध गर्न बाध्य भएको उनले बताए। ‘६ वर्षदेखि निर्माण हुनुपर्ने सडक बनेको छैन। नबनेपछि हामी जनता जागेका हौं,’ उनले भने।यसरी अबदेखि दिनदिनै प्रदर्शन गर्ने उनले बताए।‘सडक निर्माण नहुँदा सम्म हामी हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सडक अवरूद्ध गर्छौं,’ उनले भने।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.