चीनलाई ताइवानले दियो जवाफ

२२ साउन,एजेन्सी ।
ताइवानले आइतबार जहाजहरू तैनाथ गरेर चौथो दिन चीनको अभ्यासलाई जवाफ दिएको जनाएको छ । ताइवान सेनाले आइतबार बिहान धेरै विमानहरू पठाएर ‘लाइभ फायर’ अभ्यासलाई ‘उचित’ प्रतिक्रिया दिएको जनाएको छ । यसलाई चीनको आक्रमणको नक्कलका रूपमा वर्णन गरिएको बेलायती समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री सु त्सेङ–चाङले क्षेत्रीय स्थिरतामा बाधा पु¥याउने चीनको उक्त अभ्यास अहंकारी कदम रहेको आरोप लगाए । चिनियाँ पक्षलाई संयमता अपनाउन अपिल गरेका छन् । ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ विमानहरूले सप्ताहन्तमा ताइवान ‘स्ट्रेट’मा ‘मिसन’हरू सञ्चालन गरेका थिए । केहीले मध्यरेखा पार गरेका थिए, त्यो एक अनौपचारिक ‘बफर जोन’ हो ।

बेइजिङले पछिल्लो अभ्यासका बारेमा टिप्पणी गरेको छैन । तर, ताइवान वरपरको हवाई र समुद्रमा चार दिन लामो सैन्य अभ्यासको शृंखला आइतबार समाप्त हुने अपेक्षा गरिएको छ । उता ताइवानले चीनले आफ्नो टापुमा आक्रमणको अभ्यास गरेको जनाएपछि अमेरिकाले बेइजिङलाई ‘उत्तेजक’ र ‘गैरजिम्मेवार’ कार्य गरेको आरोप लगाएको छ । यसैबीच ताइवानका लागि विभिन्न मिसाइल परियोजनाहरूमा कार्यरत वरिष्ठ रक्षा वैज्ञानिक ओ याङ ली हिङ एक होटलको कोठामा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् ।

Advertisement

ओ याङ ली हिङको मृत्यु अमेरिकी प्रतिनिधि न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि ताइपेई र बेइजिङबीचको तनाव चरम सीमामा रहेको बेला भएको हो। प्राप्त जानकारीका अनुसार ओ याङ ताइवानको रक्षा मन्त्रालयको अनुसन्धान र विकास इकाईका उपप्रमुख थिए। समाचार एजेन्सी रोयटर्सका अनुसार ओ याङले यो वर्ष मिसाइल परियोजनाको सुपरिवेक्षणको जिम्मा लिएका थिए ।

उनी व्यापारिक यात्रामा दक्षिणी ताइवानको पिङतुङ गएका थिए, जहाँ उनको शव होटलबाट भेटिएको थियो। ओ याङको संदिग्ध मृत्युको खबर आउन केही घण्टा अघि, ताइवानी सेनाले ताइवान स्ट्रेटमा चीनको लडाकु विमान र जहाजहरूले वास्तविक युद्धको रेखामा युद्धाभ्यास गरिरहेको बताएको थियो। ताइवानलाई घेरेर सञ्चालित चिनियाँ अभ्यासमा १०० भन्दा बढी लडाकु विमान र १० वटा युद्धपोत संलग्न रहेको उल्लेख छ ।

Advertisement

न्यान्सी पेलोसीको ताइपेई भ्रमणबाट आक्रोशित बेइजिङले विगत केही दिनदेखि युद्धाभ्यासमार्फत ताइवान जाने हवाई र समुद्री मार्गहरू अवरुद्ध गरेको छ। चीनसँग बढ्दो तनावलाई मध्यनजर गर्दै राज्य नियन्त्रित रक्षा उत्पादन इकाईले यो वर्ष क्षेप्यास्त्र उत्पादन दोब्बर बनाउन दिनरात काम गरिरहेको बताइएको छ । उनीहरुको हेरचाह गर्ने जिम्मेवारी ओ याङ ली हिङलाई सुम्पिएको थियो । ५७ वर्षीय ओ याङको मृत्यु हृदयघातका कारण भएको बताइएपनि उनको शव पोष्टमार्टमका लागि पठाइएको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top