सशस्त्र प्रहरीका जवान नै डेढ किलो चरेससहित पक्राउ : कैलाली

२३ साउन, धनगढी ।

कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ ।

Advertisement

कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top