आज शेयर बजार राताम्मे

२४ साउन ७९, बुधबार

२४ साउन ,काठमाण्डौ ।

Advertisement

शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ ।

Advertisement

सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, न्यादी हाइड्रो, मध्य भोटेकोसी जलविद्युत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रो पावरको शेयर झन्डै १० र गुराँस लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top