काठमाडौं ः बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । आज नागरिक दैनिकमा समाचार छ ।
समाचार अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो ।व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।
सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् ।समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।