कोमल वलीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

Share this
730shares

२७ साउन,काठमाण्डौ ।

Advertisement

नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ निर्वाचन क्षेत्र नं। ३ बाट संघीय सांसद पदका लागि लड्ने बताएकी छन्।मंसिर ४ गते तोकिएको निर्वाचनमा आफू निर्वाचन क्षेत्र नं। ३ बाट चुनाव लड्नेबारे अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग कुरा राखिसकेको उनले बताइन्।‘मैले अध्यक्षज्यू र महासचिवज्यूलाई आफ्नो कुरा राखेकी छु,’ वलीले भनिन्, ‘उहाँहरूले हेरौंला, बुझौंला भन्नुभएको छ।’

टिकटको सवालमा महासचिव पोखरेलको बढी भूमिका रहने हुँदा आफूले टिकट पाउने पूर्व राष्ट्रियसभा सदस्य समेत रहेकी वलीले विश्वास व्यक्त गरिन्।‘मैले टिकट पाउँछु पनि र जित्छु पनि,’ उनले भनिन्, ‘पार्टीले महिलालाई उत्तिकै सम्मान गर्ने छ भन्ने मलाई विश्वास छ।’

Advertisement

यो निर्वाचन क्षेत्रमा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि एमालेबाट चर्चामा छ।त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीले पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न तयारी गरिरहेको चर्चा छ। नेता गिरीले त्यसको तयारी धेरै पहिलेदेखि नै गर्दै आएको उनीनिकट बताउँछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top