राजधानीलगायत देशका मुख्य सहरमा दुई वर्षअघि प्रदूषण मापन गर्न जडान गरिएका उपकरण अहिले प्रयोगविहीन भएका छन् ।कुनै उपकरणले सही तथ्यांक दिँदैनन् त कुनैको ब्याट्री नै चोरी भएर बन्द अवस्थामा छन् । केही उपकरणले सही तथ्यांक दिए पनि विश्लेषण गरेर प्रदूषण घटाउने प्रयास भएको छैन ।
अहिलेसम्म दशभर गरी जम्मा १५ वटा प्रदूषण मापन उपकरण जडान गरिएका छन् । जब कि एउटै उपकरणको एक करोडभन्दा बढी मूल्य पर्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा प्रदूषण मापन उपकरण स्थापना गरिएको थियो । रेखदेख र हेरचाह गर्ने जिम्मा भौतिकशास्त्र विभागलाई थियो ।
तर, उपकरणको ब्याट्री चोरले टप्काएपछि एक वर्षदेखि प्रदूषण मापन हुन सकेको छैन । फेरि ब्याट्री राख्ने तयारीमा रहेको वातावरण विभागकी प्रवक्ता सफलता श्रेष्ठले बताइन् ।