Nepal Times
Nepal Times
3
Shares

सुर्खेतमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सुर्खेतमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

२९ साउन, काठमाण्डौ ।

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाकी बालिकालाई बाबुले जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

साउन २६ गते रातिको घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिका बलात्कृत भएको आफन्तले प्रहरीलाई जानकारी दिएपछि बालिकाका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका वुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ कार्कीले भने, ‘ईलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’जबरजस्ती करणी भएको हो या होइन बालिकाको विस्तृत स्वास्थ्य परीक्षण पश्चात मात्र थाहा हुने डीएसपी कार्कीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.