NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा मङ्लबार जेष्ठ ७ , २०८२
विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ? मङ्लबार जेष्ठ ७ , २०८२
सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो मङ्लबार जेष्ठ ७ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ? मङ्लबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अब के हुन्छ ?

सोमवार साउन ३० , २०७९
Reading Time: 1 min read
A A
Nepal Top
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अब के हुन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० साउन, काठमाण्डौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक अब संघीय संसद्मा पुनर्विचारका लागि प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा प्रतिनिधि सभाको सम्बन्धित समितिमा पेश हुने व्यवस्था छ ।

अधिवेशन चालू रहेको भए महासचिव वा उनको अनुपस्थितिमा सचिवले सभालाई जानकारी गराउने यदि अधिवेशन चालू नरहेको भए सभाको सूचना पत्रमा प्रकाशित गरिने व्यवस्था नियमावली छ । यद्यपि अहिले अधिवेशन जारी रहेको हुनाले सदनमा पुनर्विचारका लागि प्रस्तुत हुने वा सम्बन्धित समितिमा पेश हुने भएको छ ।

LS Auto

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक सम्बन्धी जानकारी सदनलाई जानकारी दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्तुत गर्ने व्यवस्था छ । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक फिर्ता पठाउँदै संसद् र सरकारलाई १५ बुँदे सुझाव तथा ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधान जारी भएपछिको पहिलो नागरिकता विधेयक भएकाले समग्रतालाई सम्बोधन गर्नुपर्ने विषय उठाइएको छ । एउटा पक्षलाई सम्बोधन गरेर मात्र नहुने भन्दै समग्र पक्षलाई अध्ययन गरेर विधेयक ल्याउन उपयुक्त हुने सुझाव राष्ट्रपतिको छ । त्यस्तै राष्ट्रपतिले महिलाको हकमा समानताको सिद्धान्त कायम नभएको विषय समेत उठाउँदै वैवाहिक अंगीकृतको हकमा छिमेकी देशका प्रावधानहरूको समेत तुलनात्मक अध्ययन गरी नेपालको भौगोलिक अवस्थिति तथा संवेदनशीलतालाई ध्यान दिइनुपर्ने सुझाव पठाएकी छन् ।

राष्ट्रपतिले पठाएको लिखित सुझावमा कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुन नहुने र गैर नागरिकताले नागरिकता पाउन नहुने भन्दै भूराजनीतिक बनोट र हाम्रो संवेदनशीलतालाई बुझेर विधेयक फेरि अघि बढाउन भनिएको छ । साथै छिमेकी मुलुकहरूले वैवाहिक अंगीकृत नागरिकताको हकमा लिएको नीतिको तुलनात्मक अध्ययन गरेर र हाम्रो सन्दर्भमा के उपयुक्त हुन्छ भन्ने यकिन गरी सार्वभौम संसद्ले जनतालाई विश्वासमा लिनुपर्ने राष्ट्रपतिको सुझाव छ ।

साथै राष्ट्रपतिले संविधानले प्रादेशिक पहिचानसहितको नागरिकताको कुरा गरेकाले अहिलेको विधेयकले प्रादेशिक पहिचान राखेको भन्दै यसमा समेत प्रश्न उठाएकी छन् । पारित नागरिकता विधेयकले महिलाको समानताको हकलाई ध्यान नदिएको विषयमा समेत राष्ट्रपतिले सुझाव पठाएको बताइएको छ । राष्ट्रपतिबाट विधेयक फिर्ता भएपछि जनस्तरबाट सकारात्मक र नकारात्मक धारणाहरु ब्यक्त भएका छन् । यसमा राजनीतिक दलहरु समेत विभक्त छन् ।

सत्तारुढ नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भने राष्ट्रपतिलाई महाअभियोग लगाएर भए पनि पदच्युत गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता गरिनु जनताप्रतिको अपमान भएको आरोप पनि लगाएका छन् ।

उता नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने खतरा बढेको भन्दै जनतालाई नागरिकविहीन बनाउने निर्णयविरुद्ध आन्दोलन हुने उनले चेतावनी दिएका छन् । संसद्का दुवै सदनले फाष्टट्रयाकबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतका आधारमा पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए ।

Tags: #नागरिकता विधेयक#राष्ट्रपति विद्यादेवी भण्डारी#राष्ट्रपतिबाट फिर्ता

लोकप्रीय

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

विचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

थप समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
ताजा समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
अन्तर्राष्ट्रिय

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
ताजा समाचार

सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो

मङ्लबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.