Nepal Times
Nepal Times
3
Shares

थप १० हजार बोरा मल पाउने सहमतिपछि वीरगञ्जले छाडिदियो कब्जामा लिएको ४ ट्रक मल

थप १० हजार बोरा मल पाउने सहमतिपछि वीरगञ्जले छाडिदियो कब्जामा लिएको ४ ट्रक मल

३० साउन, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ ।वीरगञ्ज महानगरपालिकाले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो ।

सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।

यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति पनि भएको छ ।यो सहमतिपछि वीरगञ्ज महानगरपालिकाले आफूले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.