आगामी चूनावका लागी विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता

३१ साउन ,काठमाण्डौ ।

Advertisement

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ ।आज मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आउँदो चुनाव प्रयोजनका लागि दल दर्ता गर्न पुगेका थिए। आइतवार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो ।

निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आज नै नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top