सामाजिक सुरक्षा कोषले भोलिदेखि योगदानकर्तालाई सापटी दिने

३० साउन ७९, मंगलबार

३१ साउन, काठमाडौं ।

सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् ।सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको थियो ।

श्रमिकले जम्मा गरेको रकम अप्ठ्यारो पर्दा पनि निकाल्न नपाइने लगायतका अव्यवहारिक व्यवस्थाका कारण रोजगारदाता मात्रै होइन, धेरै श्रमिक पनि कोषमा आवद्ध हुन चाहिरहेका छैनन् ।योजनाप्रति श्रमिकको आकर्षण बढाउन सरकारले सामाजिक सुरक्षा कोषको कोषको लगानी सम्बन्धी कार्यविधि ल्याएर यसअघिका कठोर र अन्यायपूर्ण व्यवस्थाहरु सुधारको थालनी गरेको थियो ।

Advertisement

‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि(२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको थियो । मंसिर २०७७मा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषले अब १२ किसिमका कर्जा तथा सापटी रकम परिचालन गर्नसक्छ ।समाजिक सुरक्षा कोषमा अनुसार अवकास योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटीका रुपमा लिन पाइने छ । तर, योगदान गरेको ३ वर्ष पुगेका श्रमिकले मात्रै यो सुविधा पाउनेछन् ।

कोषका एक अधिकारीका अनुसार ५० हजार वा योगदान रकमको ८० प्रतिशतसम्मको रकमका जुन रकम बढी हुन्छ, त्यसकै आधारमा सपाटी प्रदान गरिने छ ।कोषले श्रमिक र रोजगारदाताबाट जम्मा हुने पारिश्रमिकको ३१ प्रतिशतमध्ये २८।३३ प्रतिशतभित्रबाट अवकासतर्फको हिस्सा पनि छुट्याएर त्यसकै आधारमा सापटी परिचालन गर्नेछ ।हालसम्म १७ हजार २७४ रोजगारदाता र ३ लाख ५२ हजार ९२४ जना श्रमिक यो कोषमा आवद्ध भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top