Nepal Times
Nepal Times
3
Shares

थप ५ सय ४२ जनामा कोरोना पुष्टि ,मृतक शून्य

थप ५ सय ४२ जनामा कोरोना पुष्टि ,मृतक शून्य

२ भदौ , काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय २१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच २४ घण्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.