हावामै भयो विमानसँग विमानको भयानक ठक्कर

४ भदौ ,एजेन्सी ।
उत्तरी क्यालिफोर्नियाको ग्रामीण इलाकाको एउटा विमानस्थलमा अवतरण गर्ने क्रममा दुईवटा साना विमानहरू ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सान्ता क्रुज काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्ति जारी गर्दै वाटसनभिल नगरपालिका एयरपोर्टमा विमान दुर्घटनामा परी मारिएकाहरूको नाम उनीहरूको परिवारलाई सूचित गरेपछि जारी गरिने जनाएको छ ।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड एयर सेफ्टी अन्वेषक फाबियन सालाजारले दुई इन्जिन सेसना ३४० मा दुई जना र एउटा कुकुर र एक इन्जिन सेसना १५२ मा पाइलट मात्र रहेको पुष्टि गरेको सीएनएनले जनाएको छ ।उनीहरु सबैको मृत्यु भएको छ ।

सालाजारले भनेका छन् “एउटा विमान निर्धारित रुटमा उडिरहेको देखिन्छ र अर्को विमान विमानस्थलमा अवतरण गर्न लागेको थियो। रेकर्ड अनुसार, एकल इन्जिन सेसना १५२ मोन्टेरी बे एभिएसन इंक मा दर्ता गरिएको थियो। सेसना ३४० एएलएम होल्डिङ एलएलसीमा दर्ता गरिएको थियो ।

सालाजारले अन्वेषकहरूले अझै प्रमाणहरू सङ्कलन गरिरहेको र प्रत्यक्षदर्शीहरूसँग कुरा गर्ने बताएका छन् । उनले दुई साताभित्र घातक दुर्घटनाको प्रारम्भिक रिपोर्ट आउने अपेक्षा गरिएको बताएका छन् । वाटसनभिल मोन्टेरी बे नजिकैको ग्रामीण क्षेत्र हो जुन सान फ्रान्सिस्कोबाट १६० किलोमिटर दक्षिणमा छ। दुई विमान आपसमा ठोक्किनु दुर्लभ दुर्घटना हो ।

यसअघि अमेरिकामै दुई साना जहाज एक आपसमा ठक्कर खादा दुई पाइलटको मृत्यु भएको थियो । यस्तै सुडानको खार्तुमबाट इथियोपियाको राजधानी अदिस अबाबाका लागि उडेको विमान केही दिन अघि भएको भयानक दुर्घटनाबाट जोगिएको थियो ।

उडानका दुवै पाइलट अवतरणअघि नै गहिरो निद्रामा परेका थिए । जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेको थिएन । दुर्घटना नजिक पर्दा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top