४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

५ भदौ ,एजेन्सी ।

मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस मुरिलो करमलाई सन् २०१४ मा ४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको छ । करमलाई बिद्यार्थी जबरजस्ती बेपत्ता पारेको, यातना दिएको र न्यायमा बाधा पु¥याएको आरोप लगाइएको छ । विद्यार्थीहरू मेक्सिको सिटीमा भएको विरोध प्रदर्शनमा सहभागी हुनका लागि इगुआला सहरको बाटो हुँदै बसमा यात्रा गर्दा बेपत्ता भएका थिए ।

उनीहरू मध्ये मात्रै तीनजनाको हड्डीका टुक्राहरू भेटिएको बताइएको छ । त्यो बाहेक उनीहरूको अवस्थाबारे केही जानकारी प्राप्त नभएको बताइएको छ । २६ सेप्टेम्बर २०१४ को साँझ विद्यार्थीहरू बोक्ने बसहरूमा नगरपालिका प्रहरीले गोली चलाएको थियो । त्यसपछि के भयो भन्नेबारे अझै विवादित छ । विद्यार्थीहरूको रहस्यमय बेपत्ताले संसारभर स्तब्धता छाएको थियो । सोही कारणले मेक्सिकोमा दण्डहीनता र संगठित अपराधमा राज्यको संलग्नता विरुद्ध व्यापक विरोध प्रदर्शन भएको पनि बताइएको छ ।

Advertisement

शुक्रबार गिरफ्तार गरिएको करमले विद्यार्थीहरूलाई के भयो भन्ने विषयमा सन् २०१५ को विवादास्पद अनुसन्धानको नेतृत्व गरेको बताइएको छ । विद्यार्थीहरूलाई मारेको र अवशेषहरू जलाएको आरोपमा कार्टेलका सदस्यलाई उक्त नेतृत्वले दोष लगाएको थियो । अनुसन्धानका निष्कर्षहरूले तत्कालीन राष्ट्रपति एनरिक पेना निटोले समर्थन गरेका थिए ।

सशस्त्र बलहरूलाई कुनै दोष नलगाएको कारण स्वतन्त्र विशेषज्ञहरू र हराएका विद्यार्थीहरूका आफन्तहरूले आलोचना गरेका थिए । विद्यार्थी बेपत्ता भएको घटनामा पक्राउ पर्ने उनी अहिलेसम्मकै उच्च सरकारी अधिकारी भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top