Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

५ भदौ , काठमाण्डौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयकहरूलाई प्रमाणीकरण गरेकी हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.