मृत व्यक्तिलाई जिवित बनाए भन्ने प्रहरीको खोरमा

६ भदौ , काठमाण्डौ ।

मृतकलाई जीवित गराएको भन्ने बुटवलको बुद्धनगरमा संचालित “होली क्यालभरी चर्च ” का पास्चर राजेन्द्र गोतामे पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित चर्चमा पास्चरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कंचनपुर घर बताउने वर्ष ३८ को पास्चर राजेन्द्र गोतामेलाई नियन्त्रणमा लिएर अनुन्धान शुरु गरेको बताएको छ ।

प्रहरीले एक वर्ष अघि लकडाउनको समयमा भएको घटना भएको पास्चरले बताएको पनि जनाएको छ । बाँकी कुरा हामीले अनुसन्धान गर्नका लागि उहाँलाई सोधखोज गदै रहेकाले केही समय पछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्याम अर्यालले बताएका छन् । विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

Advertisement

यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले चर्चमा पास्चरलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताएका छन् । भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्चरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।

Advertisement

पास्चरले मृत व्यक्ति जीवित पारेको भिडिओ देखेर त्यहाँ उपस्थिति मानिस आश्चर्यमा परेका मात्रै छैनन् यो असम्भव कुरा भएको पनि बताइरहेका छन् । धेरैले पास्चरले भ्रम छर्न खोजेको आरोप लगाएका छन् । भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर ’विभिन्न अस्पताल लगेर लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको’ भन्न लगाइएको छ। सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्चर राजेन्द्र गोतामेले ’एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५÷६ लाख खर्च भएको आफूले सुनेको’ भन्न लगाएका छन्।

पहिलो कोरोना निषेधाज्ञाको बेला यशुका अनुयायी बनेमा कोरोना भाइरस संक्रमण हुँदैन भन्दै अफवाह फैलाउने पास्चर पक्राउ परेका थिए । पोखरा महानगरपालिका–२९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले क्रिश्चियन धर्म माने कोरोनाले नछुने प्रवचन दिएर अफवाह फैलाउने काम गरेका थिए । प्रहरीले उनीविरुद्ध धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै मुद्दा चलाइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top