खाँणसहित कांग्रेसका ४० नेता समानुपातिक बन्न नपाउने

११ भदौ , काठमाण्डौ ।

नेपाली काँग्रेसमा हाल समानुपातिक तर्फबाट प्रतिनीधिसभा सांसद तथा प्रदेश सदस्य रहेकाहरु आगामी निर्वाचनामा पुनः समानुपातिकबाट उठ्न नपाउँने भएका छन् । समानुपातिकबाट चुनिएकाहरूलाई कांग्रेसले पुनः समानुपातिकमा नदोहो¥याउने नीति लिएको छ । महामन्त्री गगन थापाले समानुपातिकबाट २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवारमा सिफारिस नगर्न पार्टीका तल्ला निकायहरूलाई परिपत्र गरेका छन् ।

‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,’ थापाद्वारा जारी परिपत्रमा भनिएको छ । यसअनुसार अब मंसीर ४ गतेको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिला मन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठसहित नेपाली कांग्रेसका ४० नेता समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् ।

Advertisement

कांग्रेसको विधानमा एकपटक समानुपातिकबाट निर्वाचित भएको व्यक्ति लगत्तैको निर्वाचनमा समानुपातिकबाट पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ । पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ – ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

महामन्त्री थापाले पार्टी विधानअनुसार नै मातहतका कमिटीहरूलाई परिपत्र गरिएको बताएका छन् । कांग्रेसले भदौ २० भित्र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने समयसीमा पनि तोकेको छ । त्यसरी उम्मेदवारका आकांक्षीहरूले पार्टीको निर्णय मान्ने प्रतिबद्धता पनि जनाउनुपर्ने सर्त राखिएको छ ।

Advertisement

‘उम्मेदवारको नाम सिफारिस गरी पठाउने प्रत्येक तहले सिफारिसमा परेका व्यक्तिबाट पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण रूपमा सक्रिय रहने प्रणसहितको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई पठाउनुपर्नेछ,’ परिपत्रमा उल्लेख छ । अहिले उम्मेदवारमा सिफारिस भए पनि पछि गठबन्धन हुँदा अरू दलको भागमा परेका स्थानमा पार्टीको उम्मेदवारी कायम नहुने जानकारी परिपत्रमार्फत कांग्रेसले आकांक्षीहरूलाई गराएको छ ।

उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न सकिने परिपत्रमा उल्लेख छ ।

तर एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ गतेसम्म समय तोकिएको छ । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेदवारको नाम कार्य समितिमा पठाउन भनिएको छ । प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र आफ्नो रायसमेत समावेश गरी केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top