Nepal Times
Nepal Times
3
Shares

तेस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग टस हारेर बलिङ गर्दै

तेस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग टस हारेर बलिङ गर्दै

१२ भदौ, एजेन्सी ।

केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि सोमवार र पाँचौँ तथा अन्तिम खेल पर्सि मङ्गलवार भदौ १४ गते हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एकरएक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.