महेश वस्नेत खेदिएको भिडियोको वास्तविकता के हो ?

१३ भदौ ७९, मंगलबार

१४ भदौ , काठमाण्डौ ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा अहिले एउटा भिडियो शेयर भइरहेको छ ।तर धेरैले यो भिडियोको सत्यतामाथि प्रश्न उठाईरहेका छन् । यही भिडियोलाई लिएर एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै बस्नेतले न्यायको खोजी गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । केही दिन अघि मात्रै वस्नेत काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि राखेको अभिब्यक्तिका कारण विवादमा परेका थिए ।

मेयर साहको अवैध संरचनामा डोजर लगाउने अभियानप्रति असन्तुष्टि जनाउदै वस्नेतले उनलाई काज सरुवा गरेर आफ्नो घरको नक्सा हेर्न आउन चुनौती दिएका थिए । बालेनविरुद्ध देखिएका बस्नेत बालेनका समर्थकमाझ आलोचित भईरहेको समयमा अहिले उनी लखेटिएको भनिएको भिडियो सार्वजनिक भएको छ ।

Advertisement

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ । भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो ।

माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top