मजदुर हडतालका कारण फोहोरले भरियो स्कटल्याण्ड

१४ भदौ ,एजेन्सी ।
स्कटल्याण्डको राजधानी एडिनबर्गको सडकमा दुर्गन्धित फोहोरको थुप्रोले जनताको स्वास्थ्य र सुरक्षालाई खतरामा पारेको छ । स्कटल्याण्डको राजधानीमा फोहोर सङ्कलनकर्ताहरूको दशौं दिन देखिको हडतालका कारण फोहोर उठ्न नसकेकोपछि स्वास्थ्य अधिकारीले खतराको चेतावनी दिएका छन् । स्कटिश राजधानी एडिनबर्गमा चलिरहेको बिन सङ्कलन हडताल १० औं दिनमा पुग्दा सडकहरु फोहोरले भरिएको देखिरहेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।

सहरको प्रख्यात फ्रिन्ज फेस्टिवलको अन्तिम दिनमा परेको हडतालले सहरका लगभग हरेक कुनामा फोहोरको थुप्रो जम्मा भएकाले सहरमा थप बोझ थपिएको स्थानीयलाई उधृत गर्दै रोर्यटसले जनाएको छ । पब्लिक हेल्थ स्कटल्याण्डले स्थानीय अधिकारीहरूलाई “ फोहोरका डिब्बाहरू ओभरफ्लो भएकाले सार्वजनिक क्षेत्रहरूको प्रदुषण बढेको भन्दै मानव स्वास्थ्यको लागि खतरा बनेको बताएको छ ।

Advertisement

फोहोर संकलनकर्ताहरूको अगस्ट १८ देखिको अडताल अझै रोकिएको छैन् । असन्तुलित तलव विवाद सुल्झाउन माग राख्दै आन्दोलित फोहोर संकलकर्ताहरुले माग सम्बोधन नभए हडताल थप लम्बिने जनाएका छन् । हड्तालका कारण त्याहाको सार्वजनिक यातायात प्रणाली पनि धेरै दिनदेखि प्रभावित बनेको छ ।

Advertisement

स्कटल्याण्डको सबैभन्दा ठूलो शहर ग्लासगोमा प्राथमिक विद्यालयहरुले काउन्सिलका कर्मचारीहरूको हडताल अगाडि बढ्यो भने अर्को महिना धेरै दिन बन्द गर्न बाध्य हुने बताएका छन् । अड्तालको अगुवा गरिरहेको युनाइटेड युनियनले कामदारहरूलाई छिमेकी काउन्सिलहरूमा भन्दा कम तलब दिइएको बताएको छ । ४० वर्षमा बेलायतको सबैभन्दा खराब मुद्रास्फीतिका बीच काउन्सिलका कामदारहरूले तलब वृद्धिको माग उठाएकोे ब्रिटिस संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

हड्तालका बचिमा मजदुरले विभिन्न प्रस्ताव अस्वीकार गरेपछि युनियन र स्थानीय परिषद्बीचको वार्तामा पनि सहमति हुन सकेको छैन् । हडतालमा ग्लासगो, डन्डी र एबरडीन लगायतकेही अन्य प्रमुख स्कटिश शहरहरूका कामदारहरू सहभागि भएका छन् । हडतालका बीचमा भारी वर्षाले कच्चा ढल नदी र समुद्रहरूमा बगेपछि नुहाउनेहरूलाई दर्जनौं समुद्री तटबाट टाढा रहन चेतावनी दिइएको थियो ।

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top