गाली गर्नेलाई जेल हाल्ने हर्कको चेतावनी

१५ भदौ ७९, बिहीबार

१६ भदौ , विराटनगर ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई आम सर्वसाधारणले बुझ्ने भनेको उनको सादगी जीवन हो । नगर प्रमुख भए पनि खानेपानीका लागि श्रमिक सरह दिनभरी खटिदै आएका छन् मेयर हर्क । हरेक शनिबार उनले पानीका लागि श्रमदान गर्दै आएका छन्। श्रमदानको फल स्वरुप थोरै मात्रा भएपनि उनले आफ्नै पहलमा खोजेको पानीको स्रोतबाट धराने जनतालाई पानी पिउने व्यवस्था मिलाईसकेका छन् ।

खानेपानीका पूर्वाधारको मर्मत संभार, धरान नगरको सडक सरसफाइ र पछिल्ला समय सर्दुजलाधार लगाए खाली जमिनमा बृक्षारोपण गर्दै आएका मेयर हर्कले धरानका हरेक जनता श्रम र माटोसँग जोडिनुपर्ने उर्दी जारी गर्दै आएका छन् । उनले नगर प्रमुख भएबापत पाउने सुविधाहरु खासै प्रयोग गरेका छैनन्। सवारी सुविधा पनि उनले लिएका छैनन् । उनले लामो यात्राका लागि मोटरसाइकल प्रयोग गर्दै आएका छन्।

उनले भ्रष्टाचार गर्दिन, यदि गरेको पाइएमा धरान बस्ने छैन् भन्ने भनाइलाई कार्यकालको शुरुवातमा पुष्टि गर्न खोजेको देखिन्छ। उनको सादगी जीवन र भ्रष्टाचार विरोधी अभियानको सबैले प्रशंसा गर्दै आएका छन् ।तर यसरी चर्चाको शिखरमा पुगेका मेयर हर्क पछिल्लो समय भने आफ्नै कारण आफ्ना आलोचक बढाईरहेका छन् । हिजो उनको मुक्तकण्ठले प्रशंसा गर्नेहरु आज उनीविरुद्ध बोल्न थालेका छन् ।

Advertisement

सामाजिक संजालमा अत्याधिक सक्रिय मेयर हर्कले पछिल्लो समय फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए ।

उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ ।अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’

Advertisement

उनले यो स्टाटस राखेको केही बेरमा उनलाई गाली गर्नेहरुको ओइरो लागेपछि उनले फेरि अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफनै स्टाटसको बचाउ गरेका छन् । उनले लेखेका छन्,’ विरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’

धरानमा परिवर्तनको अनुभूति गर्नका लागि जनताले अत्याधिक मतका साथ मेयर बनाएका हर्कको आलोचनाको सुरुवात भने बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता तथा सेयरधनीका विषयमा उनले राखेको अभिब्यक्तिबाट सुरु भएको थियो ।

उनको आलोचनाको कारण भने अरु केही नभएर उनले सामाजिक संजालमा ब्यक्त गर्ने अभिब्यक्तिकै कारण हुने गरेका छन् ।

सहकारीको प्रकरणपछि काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएपछि मेयर हर्क थप आलोचित बनेका छन् । धरानवासीहरुले मेयर हर्कबाट धरानको विकास र सुन्दरताका लागि दीर्घकालीन योजना खोजिरहेका छन् । मेयरको गरिमा र भूमिकालाई अझ विशेष बनाउदै श्रमसँग मात्रै नजोडिएर दीर्घकालीन नीति र योजनाका साथ समग्र धरानको मुहार फेर्ने खाका मेयर हर्कले कोर्नुपर्ने उनीहरुले सुझाव दिदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top