१६ भदौ, काठमाडौं ।
भारतीय आयल कर्पोरेसन आईओसीले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने निगमका एक अधिकारिले बताए ।