एजेन्सी, भदौ ७
वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् ।भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो ।
टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ।चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन्।हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक सौ लि र नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको टोलीले चन्द्रमा आइसको टुक्रा रहेको पत्ता लगाएका हुन् ।
चन्द्रयान–१मा प्रयोग गरिएको नासाको मुन मिनेरोलोजी म्यापर९एम–३० उपकरणको मद्दतबाट चन्द्रमाको सतहमा भएको वाटर आइस पत्ता लागेको हो । भेटिएका वाटर आइसहरु ध्रुव्रीय क्षेत्रमा रहेका क्रेटर्सको छायाँमा पाइएको नासाले जनाएको छ ।
उक्त क्षेत्रको तापक्रम माइनस १ सय ५६ डिग्रीभन्दा कहिल्यै माथि नजाने नासाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ। आफ्नो अक्षमा घुम्ने क्रममा चन्द्रमा धेरै थोरै डल्कने गर्दा उक्त क्षेत्रमा सूर्यको किरणहरु नपुगेको नासाले जनाएको छ ।